विराटनगरको दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा आज लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा समाजलाई सुरक्षित बनाउनको लागी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाका सशस्त्र प्रहरी निरिक्षक शंकर कोइरालाले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र कानुनी व्यवस्थाबारे समेत सचेत गराइएको थियो । कार्यक्रमले समुदायमा बढ्दो लागुऔषध दुव्र्यसनको जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखेको थियो । सचेतना कार्यक्रममा सशस्त्र प्रहरीका प्रतिनिधिहरूले लागुऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजमा पार्ने गम्भीर नकारात्मक प्रभावबारे विस्तृत जानकारी गराईएको थियो ।

सिमा क्षेत्रका स्थानीयवासीहरूले युवापुस्तामा फैलिँदै गएको लागुऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनीहरूले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बी.ओ.पी.) ले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।यस भन्दा अगाडि मिल्स मावी लगायतका अन्य विद्यालयमा सशस्त्र प्र्रहरीले निरन्तर रुपमा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖