तेलि खोलामा मोबाइल क्रसर राखेको बिषयमा स्थानियको चासो

लेटाङ, २९ चैत । लेटाङ–९ स्थित तेलि खोलामा मोबाइल क्रसर उद्योग स्थापना गर्ने निर्णयविरुद्ध स्थानीयवासीले चासो देखाएका छन ।

एसियन हाईवे निर्माणका लागि आवश्यक निर्माण सामग्री प्रशोधन गर्ने उद्देश्यले खोलामा क्रसर राख्ने तयारी गरिएको भए पनि स्थानीयले त्यसप्रति कडा आपत्ति जनाएका हुन्। खोलाको प्राकृतिक बहावमा असर पर्ने र बस्ती जोखिममा पर्ने भन्दै उनीहरूले निर्णय
तत्काल फिर्ता लिन माग गरेका छन्।

बर्षेनि बर्खायाममा आउने भेलबाढीबाट प्रभावित हुँदै आएका स्थानीयले क्रसर सञ्चालन भएमा कटान र डुबानको खतरा झन् बढ्ने बताएका छन्। पक्की पुलबाट कम्तीमा ५०० मिटर दूरी कायम गर्नुपर्ने सरकारी मापदण्ड उल्लंघन गरी उद्योग राख्न खोजिएको आरोप उनीहरूको छ। “नियम मिचेर उद्योग स्थापना गर्न खोजिएको छ, यसले हाम्रो बस्तीलाई थप जोखिममा पार्नेछ,” स्थानीयको भनाइ छ।

यसैबीच जनप्रतिनिधिहरूले कानुनविपरीत काम स्वीकार्य नहुने बताएका छन्। नगरपालिकाले पनि प्रभावित समुदायसँग छलफल नगरी कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ।

उद्योग पक्षले भने आवश्यक प्रक्रिया पूरा गरेरै काम अघि बढाइएको दाबी गरेको छ। बढ्दो विवादका बीच स्थानीय प्रशासन, जनप्रतिनिधि र व्यवसायीबीच समन्वय गरी समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।-लेटांग खबरबाट

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖