झापामा सवारी दुर्घटना : एकको मृत्यु, चार घाइते
झापा । बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बुधबारेबाट चारआलीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा इलाम नगरपालिका–६ का २५ वर्षीय भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C Hospital लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अन्य घाइतेहरूमा सुनसरी धरान–१५ का २७ वर्षीय मनी कुमार देवान, इटहरी–५ का २७ वर्षीय अभिन बस्नेत, इटहरी–५ कै २९ वर्षीय नन्द बहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर रहेका छन् । उनीहरूको बिर्तामोडस्थित स्पाइनस अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ


