विराटनगरबाट ११ लाख बढीको अवैध सामानसहित दुई अटो टेम्पो बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र दुईवटा अटो टेम्पो बरामद गरेको छ।

प्रहरीका अनुसार हिजो दिउसो र रातको समयमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. ६ स्थित सडक खण्डबाट ती सामान बरामद गरेको हो। भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामानहरू को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा अटो टेम्पोमा लोड गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

१. अटो टेम्पो को २ ह ३२४५ र को २ ह ३५८९ २ वटा मूल्य । ३,००,०००
२.कुर्ता सुरुवाल, सल सेट २०० पिसमूल्य । २,४०,०००
३. कुर्ता सुरुवाल सेट २४४ पिस मूल्य १,७५,२००
४. कुर्ता र टप ३१ पिस मूल्य १७,५५०
५ हाफ कुर्ता२८५ पिस मूल्य ८५,५००
६ हरियो मटर दाना ३ बोरा ९० केजी मूल्य ६,०००
७ हरियो मटर दाना सानो २ बोरा १०० केजी.मूल्य १०,०००
८पुरुष हाफ भेस्ट ९४ पिस मूल्य रु १४,०००
९ लेडिज कट सेट १७५ पिस मूल्य । ९६,२५०
१० लेडिज टप कुर्ता ४० पिस मूल्य १४,०००
११ लेडिज सुरुवाल १०८ पिस मूल्य ३२,४००
१२तुनावाला हाफ कुर्ता ६६ पिस मूल्य १६,५००
१३ बच्चाको कुर्ती ५२ पिस मूल्य १०,४००
१४ महिलाको मेक्सी ४० पिस मूल्य १४,०००

प्रहरीले बरामद गरेका यी सम्पूर्ण सामान र सवारी साधनको जम्मा मूल्याङ्कन ११ लाख ११ हजार ५५० रुपैयाँ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार नियन्त्रणमा लिइएका सामान र टेम्पोलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।