भीरबाट लडेका युवकको मृत्यु
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ गराडी स्थित ३५ वर्षीय पुष्कर सिंह कार्कीको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ।
घरनजिकै रहेको (सलानी) भीरबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई प्रारम्भिक उपचारपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बैतडीको न्वाली पुग्नेबेला ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
यसअघि उनलाई गोकुलेश्वर अस्पतालमा उपचार गरिएको थियो । मृतक कार्कीका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् ।


