कामरिता शेर्पा ३२ औं पटक सगरमाथा आरोहण गर्दै, अब यस पछि नचढने !
काठमाडौं, ६ बैशाख । आफ्नै पुर्व रेकर्ड तोडने प्रयासमा कामरिता शेर्पाले तयारी सुरू गरेका छन ।
यो सिजनमा पुनः सगरमाथा आरोहण गरेर यसअघि बनाएको ३१ औं पटक रेकर्ड तोडन उनी लागि परेका हुन ।
सेभन समिट ट्रेकका अनुसार कामीरिता शेर्पा यस सिजनमा सगरमाथा आरोहण गर्ने प्रयासमा रहेको जनाएको छ । ‘यदि सफल भएमा, यो उनको ऐतिहासिक ३२ औं शिखर हुनेछ, पृथ्वीमा कुनै पनि मानवले गरेको सगरमाथाको सबैभन्दा धेरै आरोहण गरेको रेकर्ड उनको नाममा रहने छ’ ट्रेकले भनेको छ ।
शेर्पाका अनुसार यो सम्भवतः सगरमाथाको आरोहण अन्तिम हुनेछ।


