पूर्वाधार निर्माणमा तोकिएको मापदण्ड पूरा नगर्ने कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले टक्सार रानीबन जेवीलाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ ।

 

बसुन्धरा नदी किनारामा रिटेनिङ् पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनु पर्ने ठाउँमा माटो राखेको, पुराना ढुङ्गा प्रयोग गर्दा ढुङ्गामा भएको माटो नपखालेको भन्ने स्थानीय गुनासो कार्यवाहक प्रमुखको सचिवालयमा आएपछि वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, नगर प्रहरी नायव उपरीक्षक प्रकाश पण्डित र महानगर प्रहरी बलका अधिकारीहरुले निर्माण स्थलको निरीक्षण गरे पछि कारवाही गरेको हो । 

त्यसपछि निर्माण पक्षलाई महानगर प्रहरी बलमा झिकाएर निर्माण सामग्री र निर्माण प्रक्रियाका विषयमा जानकारी लिइएको थियो । 

यसरी जानकारी लिने क्रममा गरिएको छलफलमा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुङ्गा राम्ररी नपखाली प्रयोग गरिएको कुरा स्वीकार गरेपछि जरिवाना गराइएको हो । 

आज नै सार्वजनिक निर्माण विभागका इञ्जिनियरहरुले निर्माण स्थलबाट निर्माण सामग्रीको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि पठाएका छन् । प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा स्थानीयको गुनासो र निर्माण कार्यका विषयमा निर्णय लिइनेछ । 

सार्वजनिक खरिद प्रक्रियाबाट निर्माण पक्षले कामको जिम्मेवारी पाएको हो । सम्झौता बमोजिम यो काम २०८४ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖