मोरङको रतुवामाईमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले गोली चलाएर एक जना युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो ।

रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब ८ः२० बजेतिर गोली चलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गोली हानेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल लिएर चालक भाग्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाइ फायर गरेको एसपी कटवालले बताए ।

हवाई फायर गरेर प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् ।उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए । उनका अनुसार भारतबाट लागुऔषध नेपाल भित्राउँदै गरेका मियाँलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।

मियाँ लामो समयदेखि लागुऔषधको धन्दामा संलग्न रहेको प्रहरीको भनाइ छ । मोरङमा पछिल्लो समय सीमा नाकाबाट लागुऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन् । प्रहरीको सक्रियतासँगै यस्ता घटनामा संलग्न व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।