पेस्तोल सहित भारतीय युवक पक्राउ

सञ्जय मिश्रा/रौतहट, ८ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध नलकटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको सार्वजनिक गरेको छ। प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउसँगै कागजपत्र नभएका १ थान कार र ९ थान मोटरसाइकलसमेत बरामद गरिएको हो।

गत ३ गते साँझ करिब सवा ७ बजे बौधिमाई नगरपालिका–७, बन्कुलस्थित इँटा उद्योग नजिक सडकमा चेकजाँचका क्रममा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायत चनरमन गाउँका २० वर्षीय सूर्य कुमार दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट पाइन्टभित्र टी–सर्टले छोपेर राखिएको अवस्थामा नलकटुवा पेस्तोल फेला परेको थियो।

 

प्रहरीका अनुसार दासको साथबाट दुईवटा भारतीय सिमकार्ड र ओपो कम्पनीको एक मोबाइल फोन पनि बरामद गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

 

यसैबीच, पछिल्ला दिनहरूमा जिल्लाका विभिन्न स्थानमा गरिएको सघन चेकजाँचका क्रममा कागजविहीन १ कार र ९ मोटरसाइकल बरामद गरिएको छ। साथै, गौर बसपार्क क्षेत्रबाट अवैध भारतीय सामानसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद सवारी साधनको अनुमानित मूल्य १९ लाख ५० हजार र अवैध सामानको मूल्य करिब ९५ हजार रुपैयाँ रहेको छ। कुल २० लाख ४५ हजार ११३ रुपैयाँ बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖