विवाह नै भाँडिएको आरोपः अपाङ्ग बुबाद्वारा न्यायका लागि गुहार

सञ्जय मिश्रा/रौतहट ८ बैशाख। रौतहटको गुजरा नगरपालिका–४ कनकपुर निवासी अपाङ्ग तथा आर्थिक रूपमा विपन्न खुर्सेद देवान छोरीको विवाह नै भाँडिएको घटनापछि न्यायको खोजीमा गुहार मागिरहेका छन्।

देवानले आज पत्रकार सम्मेलनको आयोजना गरी छोरीको विवाह अन्तिम तयारीमा पुगेको अवस्थामा स्थानीय जोगौलिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सैफुल्लाह देवानले विभिन्न आरोप लगाउँदै विवाह रोक्न भूमिका खेलेको बताएका हुन्। 

“छोरीलाई बिदाइ गर्न पाए गंगा नुहाएजस्तो मन हल्का हुन्थ्यो,” उनले भावुक हुँदै भने, “तर विवाह नै रोकिएपछि ठूलो पीडामा परेको छु।”

उनले कमजोर आर्थिक अवस्थाका कारण गाउँमै चन्दा संकलन गरेर विवाहको व्यवस्था गरिएको  बताए। तर, विवाह रद्द हुनुका साथै सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा आफ्नो परिवारमाथि कुटपिटसमेत भएको उनको आरोप छ।

 

देवानले स्थानीय राजनीतिक व्यक्तिहरू तथा जनप्रतिनिधिसमक्ष समस्या राख्दा पनि आरोपित पक्षले बेवास्ता गर्दै शक्ति र प्रभावको दुरुपयोग गरिरहेको गुनासो गरेका छन्। “म अपाङ्ग छु, आर्थिक अवस्था पनि कमजोर छ। न्याय पाउन सम्बन्धित निकायले पहल गरिदिनुपर्छ,” उनले आग्रह गरेका छन्।

यो घटनाले ग्रामीण क्षेत्रमा सामाजिक न्याय पहुँच अझै कमजोर रहेको संकेत गर्छ। आर्थिक रूपमा विपन्न र अपाङ्ग अवस्थाका नागरिकका मुद्दा प्रायः शक्तिशाली पक्षको प्रभावमा ओझेलमा पर्ने जोखिम रहन्छ। विवाहजस्तो संवेदनशील सामाजिक विषयमा हस्तक्षेप भई त्यसले हिंसासम्मको रूप लिनु स्थानीय प्रशासन र सुरक्षा निकायका लागि गम्भीर चुनौती हो।

यसले दुईवटा प्रश्न उठाउँछ—एक, सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर प्रभाव प्रयोग गरे वा गरेनन् भन्ने छानबिन आवश्यक छस र दोस्रो, कमजोर वर्गका नागरिकले सहज रूपमा न्याय पाउने वातावरण किन सुनिश्चित हुन सकेको छैन र? घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउनेतर्फ सम्बन्धित निकायको शीघ्र ध्यान जानु अपरिहार्य देखिन्छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।