अर्थमन्त्री र अमेरिकी सहायक बिदेश मन्त्री बिच भेटबार्ता
काठमाडौं, ८ बैशाख । अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच भेटबार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा सो भेटवार्ता भएको हो।
अर्थ मन्त्रालयका अनुसार सो भेटबार्ता आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको थियो उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधि, लगायतको उपस्थिति थियो।
नयाँ सरकार गठन भए पछि पहिलो पटक अमेरिकावाट उच्चस्तरीय भ्रमण भएको हो । उनी हिजो नेपाल आएका हुन् ।


