बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च ‘क’ वर्ग

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग अर्थात् अति उत्तम हासिल गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा बिराट किचनले उक्त उपलब्धि हासिल गरेको हो।

होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, बिराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका-२ का वडा सदस्य मिना विश्वास र सहायक हवलदार सुजन प्रधान सम्मिलित थिए। अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र बिराट किचनका सञ्चालक रविकान्त साहको समेत उपस्थिति रहेको थियो।

अनुगमन संयोजक तथा होटल एसोसिएसन कोशी प्रदेशका सचिव भट्टराईले बिराट किचनमा खाद्य गुणस्तर, सरसफाइलगायत सम्पूर्ण पक्षहरू पूर्णतः व्यवस्थित रहेको पाइएको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दछ। यसमध्ये सर्वोच्च वर्ग हासिल गर्नु बिराट किचनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।

बिरामी, तिनका परिवारजन, अस्पताल कर्मचारी तथा आगन्तुकहरूलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको बिराट किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेका छन्। बिराट किचनका सञ्चालक रविकान्त साहका अनुसार डाइटिसियनहरूले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रोटोकल र व्यक्तिगत रुचिलाई ध्यानमा राखी खाना योजना तयार गर्छन्। “हाम्रो लक्ष्य केवल भोक मेटाउने मात्र होइन, बिरामीहरूको शीघ्र स्वास्थ्यलाभमा योगदान पुर्‍याउने पनि हो,” उनले बताए।

हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले हस्पिटल परिसरभित्रै सुलभ मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुने भएकाले बिरामी र तिनका परिवारजनलाई बाहिरी रेस्टुरेन्टमा जानुपर्ने बाध्यता नरहेको बताए। अन्तर्राष्ट्रिय स्वच्छता मापदण्डको कडाइका साथ पालना गर्दै आएको बिराट किचनले यस उपलब्धि मार्फत अस्पतालभित्रको खानपान सेवाको एक नयाँ मापदण्ड स्थापित गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖