ठेकेदारको गुनासो: जबर्जस्ती गरेर मुद्वा चलाउन खोजियो

सञ्जय मिश्रा/रौतहट ।  रौतहटको पूर्वि भेग वृन्दावन नगरपालिका विरुद्ध एक ठेकेदारले आफूलाई अन्यायपूर्वक फसाउँन खोजिएको आरोप लगाएका छन्।

 

वृन्दावन–८ बहुअरीस्थित श्री नमुना माध्यमिक विद्यालय बरगजवाको करिब ४ बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको पोखरी ठेक्कामा लिएका गरुडा नगरपालिका ७ गेडहि गुठीका परीक्षण सहनी (राजकुमार सहनी) ले सम्झौताअनुसार काम गर्न नदिइएको गुनासो गरेका हुन्।

 

सहनीका अनुसार उक्त पोखरी तत्कालीन मेयर रामासिनेहि यादव, तत्कालीन वडा ८ का अध्यक्ष  दिनानाथ महतोको कार्यकालमा २०७८ जेठ ३ गते डाक बढाबढ प्रक्रियामार्फत पाँच वर्षका लागि ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। 

उनले पहिलो किस्ताबापत ११ लाख ३० हजार रुपैयाँ बुझाएर माछापालन सुरु गरेका थिए। यसैबीच २०७९ बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन भएको थियो ।

दोस्रो निर्वाचनमा वृन्दावन नगरपालिकाको मेयर पदमा बिनोद प्रसाद कुर्मी र वडा ८ को अध्यक्षमा रबिन्द्र भन्ने उपेन्द्र साह निर्वाचित भएका थिए।

 

मेयर कुर्मी र वडा अध्यक्ष साहको लापरवाहीले सम्झौता अनुसार पोखरीको मर्मत तथा पानी व्यवस्थापनमा बेवास्ता गर्दा व्यवसाय प्रभावित भएको ठेकदार सहनीले बताएका छन्।

 

“पानी नै नभएको पोखरीमा कसरी माछा पाल्ने?” भन्दै उनले पटक–पटक पोखरी छोड्न नगरपालिकामा निवेदन दिँदा समेत दर्ता नगरिएको आरोप लगाएका छन्।

 

स्थानीय तह निर्वाचनपछि नयाँ जनप्रतिनिधि आए पछि व्यवस्थापनमा सुधार प्रती बेवास्ता गरेको उनको भनाइ छ

सहनिका अनुसार पहिलो पटक उक्त पोखरीमा राखिएको भूर्रामाछा केही ठूलो साईज भएको थियो।
२०८० चैत २८ गते पोखरीमा पानी घटेपछि माछा निकाल्ने क्रममा वडा अध्यक्ष रविन्द्र शाह (उपेन्द्र साह) को अगुवाइमा बलपूर्वक माछा बिक्री गरिएको तर त्यसको रकम आफूहरूले नपाएको दाबी गरिएको छ।

 

यसैबीच वृन्दावन नगरपालिकाले उल्टै ठेकेदार सहनी विरुद्ध अदालतमा मुद्दा दायर गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडामा समेत उजुरी परेको सहनीले बताएका छन्। “पहिलो किस्ताको रकमसमेत उठाउन सकेका छैनौं, उल्टै बाँकी ४५ लाख तिर्नुपर्ने भन्दै मुद्दा हालिएको छ,” उनले गुनासो गरेका छन्।

 

मंगलबार पोखरीको डिलमै आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षले आफूहरूले बुझाएको रकम फिर्ता गराउन र न्याय दिलाउन सञ्चारकर्मी संग माग गरेका छन्। कार्यक्रममा स्थानीयवासीहरूले समेत नगरपालिकाले अनावश्यक रूपमा ठेकेदारलाई फसाउन खोजेको आरोप लगाएका थिए।

यस विषयमा पूर्व वडा अध्यक्ष दिनानाथ महतोले पनि पानी अभावका कारण पोखरी सञ्चालन कठिन भएको बताएका छन्। पूर्व अध्यक्ष महतोका अनुसार पालिकाको हेलचक्राईको कारण पछिल्लो तीन बर्षदेखि पोखरी पूर्णरूपमा सुखा छ एकथोपा पानी छैन। यस्तो अवस्थामा ठेकदार ले कसरी माछा पालन गर्ने र पालिका लाई कहाँबाट पैसा दिन्छ। मेयर कुर्मी मात्र नभई अदालत, अख्तियार समेतले पोखरीको अवस्था बारे स्थलगत अनुगमन गरेमा कसैमाथि अन्याय हुँदैन उनको दाबी रहेको छ।

 

पत्रकार सम्मेलनमा ठेकदार सहनिका साथै वडा  ८ का सञ्जय यादव, महेन्द्र साह, बिरेन्द्र यादव, सिकिन्द्र यादव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।