विवाह समारोहमा विवाद हुंदा चक्कु प्रहारबाट १८ वर्षीय युवकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा विवाह समारोहका क्रममा भएको झ डपमा एक किशोरको ज्यान गएको छ।
पुनर्वास नगरपालिका-५ भानुबस्तीमा सोमबार राति करिब साढे १ बजेतिर भएको विवाह कार्यक्रममा युवाहरूबीच विवाद चर्किँदा घटना भएको हो।
पुनर्वास-१८ का १८ वर्षीय उज्ज्वल सायर विवाहमा सहभागी हुन गएका थिए। सोही क्रममा दुई समूहका युवाबीच भएको वादविवाद हिंसा’त्मक बनेपछि सायरमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।


