यात्रुबाहक सवारी साधनमा भाडादर अनुगमन तीव्र
इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले यात्रुबाहक सवारी साधनमा भाडादर सूची राखे/नराखेको, आरक्षण सिटको व्यवस्था तथा ढोकामा झुण्डिएर यात्रा गराउने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष चेकजाँच तथा अनुगमन अभियान सञ्चालन गरेको छ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत हायस, विङ्गर तथा विद्युतीय (EV) सवारी साधनहरूको विस्तृत चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा तोकिएको मापदण्ड विपरीत सञ्चालन भएका सवारी साधनका चालक तथा सहचालकलाई सचेतना दिँदै सम्झाई–बुझाई गरिएको थियो ।
यस क्रममा बढी भाडा असुल्ने, भाडादर सूची नराख्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने १४ वटा सवारी साधनलाई आवश्यक कारबाही गरिएको छ ।


