अटो चालकको सिटमुनी ३ सय बढी नशालु क्याप्सुल, चालक पक्राउ

सञ्जय मिश्रा/रौतहट, ११ बैसाख। सीमावर्ती भारतीय बजार बैरगनियाबाट लुकाइछिपाइ ल्याउँदै गरिएको ३०० एम्पुल नशालु इन्जेक्सनसहित एक अटो रिक्सा र चालक पक्राउ परेका छन्।

 

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, हे.क्वा. गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त गस्ती टोलीले शुक्रबार दिउँसो करिब १२ बजे गौर भन्सार बेरियरबाट उक्त सामग्रीसहित अटो र चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–७ मुडलवा निवासी २० वर्षीय मोहन पण्डित रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिएका छन्।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोमा शंका लागेपछि चेकजाँच गर्दा चालकको सिटमुनि लुकाएर राखिएको अवस्थामा नशालु इन्जेक्सन फेला परेको हो। बरामद गरिएका इन्जेक्सनमध्ये डाईजिपाम, प्रोमथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिनका १००/१०० एम्पुल रहेका छन्।

 

त्यसैगरी चालकको साथबाट ५ ग्राम गाँजा, नेपाली रुपैयाँ ४९०, भारतीय रुपैयाँ १०० र एक थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्री तथा अटो रिक्सा सहित चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖