मोरंगको लेटाङ स्थित चिसाङ खोलाको पुलबाट खसेकी युवतीको उद्धार
लेटाङ,१२ बैशाख। माेरङकाे लेटाङ नगरपालिका ५ की निशा निरौला गिरि (अन्दाजी २६ वर्ष) चिसाङ खोलाको पुलबाट आज खसेकी छन्। घटना लेटाङ–३ स्थित चिसाङ पुलमा भएकाे हाे ।
पुलवाट खसेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको तत्काल उद्धार गरिएको थियो।
उद्धारपछि घाइते अवस्थामै नगर अस्पतालमा प्राथमिक उपचार गरि अन्यत्र सुववधा सम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको छ भने प्रहरी थप अनुसन्धानमा जुटेको छ।-लेटाङ खबरबाट


