रौतहटमा ९ महिनाको अबधीमा ४ करोड बढीको अबैध समान बरामद

सञ्जय मिश्रा/रौतहट । रौतहटमा सशस्त्र प्रहरी बल नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका युनिटहरूको सक्रियतामा उक्त परिमाणको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको हो।
सोमबार “१९औं स्थापना दिवस २०८३” भव्य रूपमा मनाउने क्रममा आयोजित कार्यक्रममा उक्त जानकारी गराईएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि एवं छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति डिआइजी कृष्ण ढकालले  सशस्त्र प्रहरीले सीमा सुरक्षा, सीमा स्तम्भको संरक्षण, राजस्व छली नियन्त्रण तथा विपद् उद्धारका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गरेका थिए। स्थानीय बासिन्दासँग राम्रो समन्वयका कारण राजस्व छलीका सामान नियन्त्रणमा सफलता मिलेको उनको भनाइ थियो।

रौतहटको करिब ३२ किलोमिटर भारतसँग जोडिएको सीमाक्षेत्रमा २४ घण्टा कडाइका साथ ड्युटी भइरहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद पनि नीति निर्देशनको प्रभावकारी कार्यान्वयन भइरहेकोमा उनले सन्तोष व्यक्त गरेका थिए।

 

कार्यक्रमका बिशिष्ट अतिथी सिडियो दिनेश सागर भुसालले ‘सत्य, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नाराअनुसार सशस्त्र प्रहरीको भूमिका अझ सुदृढ हुनुपर्ने बताए। उनले सीमा वारपार हुने राजस्व छली पूर्ण रूपमा नियन्त्रण गर्न, नागरिकलाई अनावश्यक दुःख नदिन र सीमा व्यवस्थापन सहज बनाउन जोड दिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार गत साउनदेखि चैत मसान्तसम्म ३ करोड ७७ लाख ५५ हजार ५६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। सोही अवधिमा १७ लाख ८२ हजार २४० रुपैयाँ बराबरको हुण्डी, २५ सय भारतीय रुपैयाँ र १ लाख १८ हजार नेपाली नक्कली नोटसमेत बरामद गरिएको उनले जानकारी दिएका थिए।

 

यस्तै, ८२५ क्युफिट सालको काठ, ८ लाख ६३ हजार बराबरका पशुपंक्षी बरामद गरी नष्ट गरिएको, विभिन्न अपराधमा संलग्न २७ जना तथा जेलबाट फरार २ जनालाई पक्राउ गरिएको जनाइएको छ। २ थान अवैध पेस्तोल र १३ राउन्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

 

सशस्त्र प्रहरीले ३२ जना महिलाको उद्धार गरी परिवारको जिम्मा लगाएको, १३९१ थान लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको तथा विपद् तथा उद्धार सम्बन्धी २८२ कार्यक्रम सञ्चालन गरेको जनाएको छ। गत असोजको बाढीमा २४ परिवारका ८० जनाको उद्धार गरिएको थियो।

 

सीमा सुरक्षालाई प्रभावकारी बनाउन भारतीय सुरक्षा निकायसँग ७ पटक बैठक तथा २१० पटक संयुक्त गस्ती सञ्चालन गरिएको पनि कार्यक्रममा जानकारी दिइयो।

 

कार्यक्रममा भलिबल, हाजिरीजवाफ लगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मान गरिएको थियो।

सो अवसरमा गौर नगरप्रमुख शम्भु साह, विभिन्न स्थानीय तहका प्रमुख, नेपाली सेनाका कर्णेल बिश्वास बिष्ट, नेपाल प्रहरीका एसपी सिताराम रिजाल,राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक कुमार बुढाथोकी, पत्रकार महासंघका सभापती सञ्जय कार्की लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।