दशगज्जा क्षेत्रबाट ३० किलो बढी गाँजा सहित टाटा सफारी बरामद

सञ्जय मिश्रा/रौतहट,१५ वैशाख । बारा जिल्ला सँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल ९क्क्द्य० र प्रहरीले संयुक्त रूपमा गरेको जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बोकेको टाटा सफारी गाडी बरामद भएको छ।

 

सोमबार साँझ करिब ५ बजे भारतीय क्षेत्र स्थित बिओपी झरोखर चेकपोस्टमा नियमित रूपमा सवारीसाधन जाँच भइरहेको बेला भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन लाइनमा थिए। यसै क्रममा एउटा टाटा सफारी गाडीका चालक अचानक गाडी छाडेर फरार भएका थिए।

 

शंकास्पद अवस्था देखिएपछि चेकपोस्टमा खटिएको सुरक्षाकर्मी टोली र नजिकै रहेको झरोखर प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर गाडीको सूक्ष्म जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको करिब साढे ३० किलोग्राम गाँजा बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोथिका सहायक कमान्डेन्ट बिश्वाजित तिवारीले बताएका छन्।बरामद गरिएको विआर ०५ पी ७३१८ नम्बरको  टाटा सफारी गाडीबाट सवारी दर्ता प्रमाणपत्र समेत फेला परेको जनाइएको छ। 

 

उक्त गाँजा झरोखर गाउँ नजिक  भारततर्फको नो म्यान्स ल्याण्ड क्षेत्रमा, सीमा स्तम्भ नम्बर ३५७र०३ नजिकबाट बरामद गरिएको एसएसबि प्रवक्ता बिनित कुमार सिंहले बताएका छन्। एसएसबि र प्रहरीले संयुक्त रूपमा गाडी तथा गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको झरोखर प्रहरीले जनाएको छ। उक्त गाँजा मकवानपुरबाट बारा जिल्लाको बाटो हुँदै भित्र्याएको भारतीय सुरक्षाकर्मीले अनुमान गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖