१८ वर्षपछि पर्दाफासः ऋण र विवादको जालमा बाबुको हत्या गर्ने छोरा अन्ततः पक्राउ

सञ्जय मिश्रा/चितवन, १८ बैशाख । झण्डै दुई दशकसम्म रहस्यकै घेरामा रहेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः उजागर भएको छ।

 

आफ्नै बाबुको हत्या गरी फरार रहेका आरोपी छोरालाई रौतहट प्रहरीले चितवनबाट पक्राउ गरेसँगै पुरानो घटनाले नयाँ मोड लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ ९साबिक जयमनगर–४० का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नता देखिएका उनका कान्छा छोरा राम बिलास महतो घटना लगत्तै परिवारसहित फरार भएका थिए।

प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार आर्थिक दबाब, ऋणको भार र जग्गा विवादबाट उन्मुक्ति पाउने उद्देश्यले महतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको ज्यान लिएका थिए। उनी सुतिरहेको बेला हातखुट्टा बाँधेर धारिलो हतियारले आक्रमण गरिएको अनुसन्धानले देखाएको छ।

प्रहरीको भनाइमा हत्या पछाडि ऋणबाट उम्किने मात्र होइन, निर्दोष व्यक्तिहरूलाई ज्यान मुद्दामा फसाउने उद्देश्यसमेत रहेको देखिन्छ। लामो समयदेखि फरार रहेका महतोलाई गत बुधबार चितवनबाट पक्राउ गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो घटनाले पारिवारिक विश्वास र सम्बन्धमाथि गम्भीर प्रश्न खडा गरेको छ। तर, १८ वर्षपछि पनि अपराधी पक्राउ पर्नुले कानुनी संयन्त्रको पहुँच र धैर्यप्रति भरोसा जगाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖