विराटनगर विमानस्थलबाट करिब २७ लाख रुपैयाँ नगद सहित काठमाडौं जान लागेका दुई जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थल भएर काठमाडौं जान लागेका दुई जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।
स्रोत नखुलेको करिब २७ लाख रूपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट काठमाडौं उड्न लागेका यात्रुको नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर भारतीय नागरिक पक्राउ परेका हुन् ।

श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रणमा लिइएको उनले बताइन् ।

अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।त्यस्तै, प्रहरीले शुक्रबार राति ८ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला नियमित सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

तामाङको साथबाट नेपाली ११ लाख रुपैयाँ बरामद भएको डीएसपी चुँडालले बताइन् । उनका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ फेला परेको छ ।विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका यात्रुबाट स्रोत नखुलेको ठूलो रकम फेला परेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरुको साथबाट फेला परेको नगदको स्रोत खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यति धेरै रकम बोकेर यात्रा गर्दा त्यसको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा व्यक्तिगत रूपमा नगद बोक्न पूर्ण रूपमा प्रतिबन्ध भने छैन ।तर, शंकास्पद रूपमा ठूलो रकम भेटिएमा त्यसको वैध स्रोत प्रमाणित गर्नुपर्छ । विशेषगरी बैंकिङ प्रणालीमार्फत कारोबार गर्न प्रोत्साहन गरिएको अवस्थामा ठूलो रकम नगदमा बोक्दा गैरकानुनी गतिविधिसँग जोडिएको आशंका गरिन्छ ।

राजस्व छली, अवैध कारोबार, हुण्डी, लागुऔषध कारोबार वा अन्य आपराधिक गतिविधिबाट प्राप्त रकम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले यस्ता घटनामा कडाइ गर्ने गरेका छन् । त्यसैले ठूलो रकम बोक्दा त्यसको स्रोत खुलाउने कागजात, बैंक विवरण वा कारोबारसम्बन्धी प्रमाण साथमा राख्नुपर्ने डीएसपी चुँडालको भनाइ छ ।

प्रहरीले दुवै व्यक्तिको आर्थिक गतिविधि, सम्भावित नेटवर्क र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानबाट मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिइन् ।-स्रोत:बेतना दैनिक

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।