मोरङमा एक पुरुष मृत फेला
मोरङ । मोरङमा एक ब्यक्ति मृत फेला परेका छन् ।
मोरङको धनपालथान–६ दादरबैरियामा ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ भने शव पोस्टमार्टमका लागि रंगेली लगिएको छ ।


