सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धरान, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुल नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडकखण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिमेन्टको कल्भर्टमा ठोक्किएको थियो । दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मनिस बस्नेत को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ३० वर्षीय बस्नेतको दाहिने गालामा गहिरो चोट लागेको अवस्थामा शव पैनीमा फेला परेको थियो ।

स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरीले शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।