विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशको एकल इजलासले विद्यार्थी संगठन खारेजीसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन समेत निर्देशन दिएको छ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म सम्बन्धित निर्णय कार्यान्वयन नगर्न भनिएको छ।


