अवैध सामान बरामद

रुपन्देही, ३१ बैशाख । रुपन्देही प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा पाँच लाखभन्दा बढी मूल्यका अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न क्षेत्रमा जाँच गर्ने क्रममा करिब ५ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सिद्धार्थनगर–१ बेलहिया बसपार्कबाट करिब २ लाख ८५ हजार १ सय रुपैयाँ बराबरका १३७ थान लेडिज सुट, किराना सामग्री तथा तरकारी बरामद गरिएको छ। यस्तै मायादेवी गाउँपालिका–६ खजुरियाबाट १ लाख ७७ हजार ६ सय रुपैयाँ बराबरका टप्स, लेडिज सुट र मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी रोहिणी गाउँपालिका–४ छिपागढबाट मोटरसाइकलमा ल्याइँदै गरेका १२ वटा जिउँदो बोइलर कुखुरा बरामद गरिएको छ। उक्त कुखुराको मूल्य ६९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सिद्धार्थनगर–६ पिप्रहियाबाट २७ हजार ४ सय रुपैयाँ बराबरका मेक्सी र झुल तथा रोहिणी–३ धकधईबाट ६ वटा जिउँदो बोइलर कुखुरा समेत बरामद गरिएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖