पथरीशनिश्चरेमा पिपलको रुख काटेर पिपलकै कङक्रिड स्तभ शिलान्यास
पथरी, ३१ बैशाख । केहि वर्ष पहिला त्यस ठाउमा पिपलको रुख थियो । सडक विस्तार कै कारण पिपलको रुख काटिएपनि सो ठाउ पिपलचौककै नाममा चिनिन्छ ।
पथरीशनिश्चरे ३ को पिपलचौकमा काटिएको पिपललाई प्रतिष्थापन गर्न वडा कार्यालयले पिपलको कङक्रिड स्तभ निर्माण गर्न कार्य थालिएपछि भने आलोचना सुरु भएको छ ।
पथरीशनिश्चरे ३ नम्वर वडाले ३ लाख रुपयाँ पिपलको स्तभ निर्माण गर्न आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरे संगै वडावासीले नै त्यसको विरोध गरेका हुन् ।
गत सोमवार कङक्रिड पिपलको रुख बनाउन शिलान्यास गरेपछि स्थानिय वडा वासीले नै वडा कार्यालयको सो कार्यको विरोध गर्न सुरु गरेका हुन् । साधुरो पक्की सडक भत्काएर स्तभ निर्माण गर्दा सडक दुर्घटनाको जोखीम हुने स्थानिय गोविन्द खनालले वताए । सडक आफैमा साधुरो छ तर त्यहा सडककै विचमा स्तभ निर्माण गरिदा थप समस्या हुने छ ।
सडक साधुरो भएर सो स्थानमा सवारी दुर्घटना भइरहेको क्रममा यसरी स्तभ निर्माण गरिनु थप सवारी दुर्घटना वडाउने कार्य भएको स्थानियवासीले बताएका छन् ।
पथरीशनिश्चरे ३ का वडा अध्यक्ष विजय लिम्बु भने त्यहि कै स्थानियवासीले माग गरे अनुरुप स्तभ निर्माण गर्न लागेको र पहिचानका लागी स्तभ हुने वताए । अनुपात्दक क्षेत्रमा लगानी गरेर स्थानिय तहले वजेट सक्ने कार्य गरेको प्रति भने वडा वासी नै आक्रोशित भएका छन् । सिचाई र कृषी क्षेत्रमा लगानी गर्नु पर्नेमा अनावश्यक क्षेत्रमा स्थानिय सरकारले लगानी गर्दा स्थानिय पालिका र वडाहरु आलोचित बन्दै गएका छन् ।


