गौरमा ४ लेन सडक विस्तारको ‘ब्रेकथ्रु’ निर्णय, रेडक्रससम्म सडक पुर्‍याइने

सञ्जय मिश्रा/रौतहट, ३१ वैशाख । रौतहटको सदरमुकाम गौर–चन्द्रपुर निर्माणाधीन ४ लेन सडकलाई गौर बजारभित्र थप विस्तार गर्ने ऐतिहासिक निर्णय भएको छ । अब उक्त सडक गौर नगरपालिका–५ स्थित नेपाल रेडक्रस सोसाइटीको उत्तर क्षेत्रसम्म विस्तार गरिने भएको हो ।
 
गौर नगरपालिकाको आह्वानमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले व्यापक छलफलपछि हाल घण्टाघरसम्म सीमित रहेको ४ लेन सडकलाई सिँचाइ कार्यालयको पूर्वी क्षेत्र हुँदै रेडक्रसको उत्तरसम्म विस्तार गर्ने सहमति जुटाएको जनाएको छ ।
 
मेयर शम्भु साहका अनुसार यो निर्णयले गौर बजारको यातायात व्यवस्थापन, बजारको सौन्दर्यीकरण तथा दीर्घकालीन शहरी विकासमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ । वर्षौंदेखि चर्चामा रहेको सडक विस्तारको विषयमा राजनीतिक दल, नागरिक समाज र स्थानीय सरोकारवालाबीच सहमति जुट्नु गौरको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
 
बैठकमा गौर नगरपालिकाका मेयर शम्भु साह, राजदेवीका पूर्व मेयर तथा नेपाली कांग्रेस नेता धिरेन्द्र सिंह, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, समाजसेवी रेबन्त झा, अनिल सिंह, विकास विक्रान्त नेपाल ९पालु०, उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपाली, सन्तोष केसरी, ज्येष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
 
छलफलमा सहभागीहरूले गौरको व्यवस्थित शहरीकरण र भविष्यको यातायात चापलाई व्यवस्थापन गर्न ४ लेन सडक विस्तार अपरिहार्य रहेको धारणा राख्दै योजनालाई साझा सहकार्यबाट सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖