विराटनगरमा स्थित एक हस्पिटलमा मृतक महिलाको कानबाट सुन गायब भएपछि…..

विराटनगर । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटल मा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा हराएको घटना सार्वजनिक भएको छ।

त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारलाई विष सेवनपछि गम्भीर अवस्थामा जेठ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको परिवारले जनाएको छ।

आफन्तका अनुसार उपचारका बेला मृतकको दुवै कानमा सुनका मुन्द्रा रहेका थिए। तर मृत्यु भएपछि करिब एक तोला बराबरको सुनको मुन्द्रा गायब भएको भेटिएको हो। सुरुमा अस्पताल प्रशासनले सुन हराएको स्वीकार नगरेको आरोप परिवारको छ। तर उपचारकै क्रममा खिचिएको भिडियो आफन्तले देखाएपछि अस्पतालले घटना स्वीकार गरेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि अनुसन्धान सुरु गरिएको छ। प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति दिने सहमति जनाएको बताइएको छ। अस्पतालले आन्तरिक छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतक परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖