ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्का मृत फेला

झापा । झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग निवासी ४२ वर्षीय पिताम्बर खड्का आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। उनी ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत थिए।

सोमबार साँझ भएको उक्त घटनाले बैंकिङ क्षेत्र तथा स्थानीय समुदायमा चासो र शोक पैदा गरेको छ।

घटनाअघि खड्काले आफ्नो फेसबुकमा चार जना व्यक्तिको सामूहिक तस्बिर सार्वजनिक गर्दै गम्भीर आशयको स्टाटस लेखेका थिए। उक्त पोस्टमा उनले दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेललाई उल्लेख गर्दै आफू यस्तो कदम चाल्न बाध्य भएको संकेत गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे मृतकका बुवा महेश खड्काले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले फेसबुक पोस्टलाई अनुसन्धानको महत्वपूर्ण आधार मानेर मृत्युको कारण तथा सम्भावित दुरुत्साहनको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।