प्रतिनिधसभा बैठकः प्रधानमन्त्रीको सट्टा कानुन मन्त्रीले दुई बिधेयक पेश गर्दै
काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संसोधन) बिधेयक, २०८३ प्रस्तुत गर्न अनुमती माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्तुत गर्ने तथा मतदाता नामावली (पहिलो संसोधन) २०८३ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।


