मोरङको बेलबारीमा आफ्नै घरमा मृत अवस्थामा फेला परे एक युवक
मोरंग । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका युवा व्यवसायी हेम धिमाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
उनी आज बिहान आफ्नै कोठामा मृत भेटिएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरी अनुसन्धान सुरु भएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।


