विपक्षीको नाराबाजीबीच विधेयकहरू पारित, प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका बीच सम्भावित कार्यसूचीमा रहेका विधेयकहरू पारित गर्दै बैठक स्थगित गरिएको हो।
सभामुख डीपी अर्यालले विपक्षी सांसदहरूको विरोध र बेल घेराउकै बीच सदनको कारबाही पेलेरै अघि बढाएका थिए। होहल्ला र चर्को नाराबाजीकै बीच सरकारद्वारा प्रस्तुत विधेयकहरू बहुमतले पारित भएसँगै सभामुख अर्यालले अर्को बैठक जेठ १२ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित गरेको घोषणा गरे।
यसअघि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले सदन ठप्प पारेपछि पहिलो बैठक स्थगित गरी दोस्रो बैठक सञ्चालन गरिएको थियो।


