ढुङ्गाले च्यापिंदा टिपर चालकको मृत्यु
धादिङ । खानीबाट खसेको ढुङ्गाले च्याप्दा टिपर चालकको मृत्यु धादिङमा एकजनाको मृत्यु भएको छ।
धादिङको थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा ५ ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको ढुङ्गाले च्याप्दा ३५ वर्षीय चालक देवेन्द्र खत्रीको मृत्यु भएको हो।
थाँक्रे गाउँपालिका–७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्न गएको टिफरमा ढुङ्गा खस्दा चालक खत्रीको मृत्यु भएको धादिङ प्रहरीका प्रवक्ता प्रकाश दहालले बताएका छन् ।


