झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, जेठ ११ गते । झापा र मोरङबाट जेठ १० गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरीएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो ।

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖