झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ८ जना पक्राउ
विराटनगर, जेठ १३ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ८ जनालाई पक्राउ गरीएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो ।
यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।


