अज्ञात ब्यक्तिद्वारा पार्किङ गरिरहेको ट्रयाक्टरमा आगजानी

सञ्जय मिश्रा/रौतहट, १४ जेठ  । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुर गाउँमा पार्किङ गरी राखिएको ट्याक्टरमा अज्ञात मानिसले आगजनी गरेका छन्।
 
आज बिहीवार बिहान करिब ३ बजे स्थानीय बाला शंकर महतोको नाममा रहेको ना ६ त ९१८६ नम्बरको इन्डोफर्म कम्पनीको ट्याक्टर आफ्नै गोठघर अगाडि पार्किङ गरी राखिएको अवस्थामा अचानक आगलागी भएको थियो।
 
आगलागी भएको करिब १० मिनेटमै स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन्।

आगलागीबाट ट्याक्टरको स्टेरिङ, मिटर बक्स, सिट, टंकी तथा छाउनी पूर्णरूपमा जलेर नष्ट हुँदा १ लाख रुपैयाँ बराबरको क्षती भएको इन्स्पेक्टर केसीले जानकारी दिएका छन्।

घटनाको जानकारी बिहान ६ः२० बजे प्रहरीमा प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मौलापुरबाट असई सियाराम साहको कमाण्डमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖