बराहक्षेत्रको गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला
इटहरी, १४ जेठ । बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ।
बुधवार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेको थियो, दलदलमा फसेको छावा बाहिर निस्कन नसके पछि निस्सासिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
बिहीबार बिहान स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


