झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापा । झापामा स्कुल बसको ठक्करबाट युकेजीमा अध्ययनरत एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुल मा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरिया रहेका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे गौरादह नगरपालिका–७ स्थित भित्री पक्की सडकखण्डमा लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई किचेको हो । दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट ओरालेर गाडी अगाडि बढाउने क्रममा बालक बसको चपेटामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि बस चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖