इलामबाट भरूवा बन्दुक सहित दुई जना पक्राउ
इलाम। इलाम नगरपालिका-११ बाट भरूवा बन्दुक १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेख बहादुर मगर र ५३ वर्षीय गंगा बहादुर विक रहेका छन्। मेख बहादुरले भरूवा बन्दुक मर्मतको लागि गंगा बहादुरको घरमा लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


