पाख्रिबास नगरका प्रमुख गुरुङद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त
धनकुटा,१५ जेठ । गणतन्त्र दिवस २०८३ को अवसरमा धनकुटाको पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र स्थापना तथा गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा विभिन्न रूपमा योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
नगर प्रमुख गुरुङले गणतन्त्र दिवस २०८३ को अवसरमा नगरवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


