मोरङको उर्लाबारीमा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
मोरङ, जेठ १७ । मोरङको उर्लाबारी नगरपालिका–४ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ७ बजे आफ्नै खेतमा उम्रिएको सेतो रङको च्याउ पकाएर खाएपछि परिवारका चार जनाको स्वास्थ्य अवस्था बिग्रिएको हो।
बिरामी पर्नेहरूमा ३६ वर्षीय भूमिराज उराँव, उनकी ३२ वर्षीया श्रीमती रामकुमारी उराँव, १४ वर्षीय छोरा अविन उराँव र ८ वर्षीय छोरा अरुण उराँव रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिएको थियो। बिरामीहरूलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको प्रहरीले जनाएको छ।


