झापाको मेचीनगरमा कुटपिटबाट एक जनाको मृत्यु, एक पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
शनिबार राति करिब १० बजे ५५ वर्षीय रुद्र श्रेष्ठ र ३५ वर्षीय रामबहादुर गौतमबीच विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटका क्रममा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि भद्रपुरस्थित अस्पताल लगिएकोमा आइतबार चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न गौतमलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।


