बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते

दैलेख। दैलेखमा सोमबार एक यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ।

भैरवी गाउँपालिका वडा नम्बर ७ स्थित कालिगौँडा भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गुडिरहेको जीपको अचानक ब्रेक फेल भएपछि नियन्त्रण गुमाएर सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको थियो।

दुर्घटना लगत्तै स्थानीय र प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेका थिए। दुर्घटनामा परेका सबै ८ जना घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। गम्भीर घाइतेहरूको अवस्थालाई हेरेर थप उपचारका लागि अन्यत्र प्रेषित (रेफर) गर्ने तयारी भइरहेको बुझिएको छ।

घटनाबारे थप विवरण र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको तथा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।