झापाको दमकमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला
झापा । झापाको दमक नगरपालिका–४ स्थित आस्थाटोल नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
आज स्थानीयवासीले अन्दाजी ६० वर्षीय पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण र मृतकको पहिचान सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


