झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, जेठ १९ गते । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।

जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका-४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको धनपालथान गाउँपालिका-३ र रंगेली नगरपालिका-४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले रंगेली-१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगर सहित, र उर्लाबारी -४ का अभिषेक कार्की, बेलवारी -२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र सुन्दरहरैचा नगरपालिका-७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।