धनकुटाका दुई जना सहित कोशीमा लागू औषध सहित ११ जना पक्राउ

विराटनगर, जेठ २० गते । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन ।

झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖