राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित
काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल चयन हुनुभएको छ। उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भिमबहादुर बिक तथा सरिता बराइली निर्वाचित हुनुभएको छ।
त्यस्तै, महासचिवमा करण ताम्राकार निर्वाचित हुनुभएको छ। सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार तथा बसन्त विश्वकर्मा चयन हुनुभएको छ भने कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित हुनुभएको छ।
महाधिवेशनबाट सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार तथा पिवि दियाली निर्वाचित हुनुभएको संघले जनाएको छ।


