१९ लाख बढी हुन्डीको रकम सहित गुरूङ पक्राउ
काठमाडौं, २३ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
गोसाईकुण्ड–३ स्थायी घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरूङ सो रकमसहित पक्राउ परेका हुन् ।
रसुवा गोसाईकुण्ड–६ धुन्चे बजारमा प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई जाँच गर्दा उनी पक्राउ परेका हुन् । प्रहरी निरीक्षक राजु शाहका अनुसार १ हजार, ५ सय र १०० रुपैयाँका १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको हो।
उनका अनुसार उक्त नेपाली रुपैंयासहित गुरुङलाई नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।


