आजको मौसमः पाँच प्रदेशकाे तराई भू-भागमा ताताे हावा बहने

काठमाडौं, २६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी फ्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी भू(भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया सफा रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक- दुई  स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 
 
राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी हिमाली भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी हिमाली र पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकोले सतर्क रहन तथा विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको  छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖