कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलाका प्रहरी कार्यालय इटहरी र बेलबारीको निरीक्षण

विराटनगर, जेठ २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरी सुनसरी र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निरीक्षणको क्रममा वँहाले कार्यालय तथा शाखाहरुको अभिलेख व्यवस्थापन तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

वँहाले नागरिकको विश्वास, भरोसा र समर्थन नै प्रहरीको वास्तविक तागत भएको बताउदै सेवाग्राहीको पिरमार्का र गुनासो छिटो-छरितो तरिकाले सुनवाई गर्न र नागरिक समक्ष सदैव सभ्य, शिष्ट र नम्र ब्यवहारमा प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अपराध अनुसन्धानको क्रममा घटनाको प्रमाणमुखी तथा वैज्ञानिक अनुसन्धान प्रणालीलाई सुदृढ बनाउँदै पेन्डिङ मुद्दाको फर्छ्यौट, फरार अपराधी पक्राउ र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

यसका साथै आ-आफ्नो जिम्मेवार क्षेत्रमा रहेका पर्यटकिय स्थल हरूमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान जोड दिनुभयो । साथै साइबर अपराध, लागुऔषध दुर्व्यसन विरुद्ध समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारीरुपमा सञ्चालन गर्न जोड दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवे र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल समेतको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖